६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

यी ४ प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना



काठमाडौं ।
बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३१ असार २०७८ बिहिबार ००:००  ६ : ५३ बजे