१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

यशोधरा गाउँपालिकाले ल्यायो ५२ करोड ८० लाखको बजेट



तौलिहवा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८।०७९ का लागि कुल बजेट ५२ करोड ८० लाख बराबरको बजेट ल्याएको छ । सातौ गाउँ सभामा सो बजेट पेश भएर सर्वसम्मत पारित भएको छ ।

गाउँपालिकाले चालुतर्फ कुल ३७ करोड १३ लाख १९ हजार र पुजीँगत तर्फ १५ करोड ६७ लाख ६९ हजार २ सय ६४ रुपैयाँको बजेट ल्याएको छ । जस मध्ये नेपाल सरकार शसर्त कार्यक्रम तर्फ १८ करोड ३७ लाख, प्रदेश सरकार शसर्त कार्यक्रम तर्फ ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष कार्यक्रम तर्फ ६० लाख, वडा तर्फ ५ करोड ६५ लाख तथा वित्तिय व्यवस्थापन तर्फ १२ लाख खर्च हुने अनुमान व्यय स्वीकृत भएको छ ।

बजेट गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले प्रस्तुत गरेका थिए । यस्तै आर्थिक बर्ष २०७८।०७९ को लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक श्रोत परिचालनका लागि गरिएका प्रबन्ध सातौँ गाउँ सभामा पेश भएको थियो ।

बजेट शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पुर्वाधार बिकासमा केन्द्रित रहेको प्रमुख पाण्डेयले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका जिल्ला नेता सुधाकर पाण्डेयले ४ बर्षमा यशोधरा गाउँपालिकामा बिकासको गति लिएको बताए । सो अवसरमा संचारकर्मीहरु हनुमान पाण्डेय र बिजय तेलीलाई सम्मानित गरिएको थियो ।

यस्तै उत्कृष्ठ कर्मचारी, समाजसेवी, जनप्रतिनिधि लगायत गरि दुई दर्जन लगायतलाई नगद, दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा उप मेयर कन्यावती उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंह लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  ७ : ०० बजे