८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

​​​​​​​राष्ट्रपतिले खारेज गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश




काठमाडौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो। अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए।

अध्यादेश खारेज सोबाट भएको भएपनि नियुक्ती कायम रहनेछ।

संविधान अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन्। हाल उपसभामुख पद रिक्त रहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ३ : ५३ बजे