१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चप्परगाउँमा भएको मोटरसाईकल दुर्घटनामा २ जना घाइते



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु वाणगंगा नगरपालिका स्थित चप्परगाउँमा भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार दिउँसो मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाएका थिए ।

पुर्वबाट पश्चिमका लागि छुटेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते दुबै जनालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ यस्तै ट्याक्टर चालक भने फरार भरहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ५ : ४७ बजे