१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

चप्परगाउँ दुर्घटनाः गम्भीर घाइते अर्घाखाँचीका खड्काको मृत्यु



बिष्णुकुमार आले, अर्घाखाँची ।

मोटरसाईकल दुर्घटनामा परि अर्घाखाँची सन्धिखर्क १ का ३१ बर्षीय दान बहादुर खड्काको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा ८ चप्परगाउँमा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका खड्काको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाइकलको पछाडि सवार खड्काको ज्यान गएको हो ।

मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क १ का २८ बर्षीय सिबु केसीको अवस्था पनि गम्भीर रहेको कपिलवस्तु जिल्ला प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । घाईते केसीको चौराह अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ५ : २८ बजे