१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङमा रोकिराखेको बसमा आगजनी



बिष्णु कुमार आले, अर्घाखाँची ।

दाङको तुलसीपुर उपमहानगरपालिका (७ पर्सेनीमा रोकिराखेको एक बसमा आगजनी भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा चल्ने रा १ ख १८९२ नम्बरको बसमा आगजनी भएको हो । बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएिपी श्याम अर्यालले जानकारी दिए । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो ।

घटना स्थल वरिपरि कुनै प्रचार पम्प्लेट ,कागज केही नभेटिएकाले बसमा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरी प्रमुख अर्यालले बताए । आगजनी बारे कसैले अहिलेसम्म जिम्मा लिएको छैन । पुरानो बसमा आगजनी भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ५ : ३० बजे