२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गुल्मीमा सकियो ८५ प्रतिशत धान रोपाइँ



गुल्मी ।
गुल्मी जिल्लामा यसवर्ष मध्ये साउनमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए ।

अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ ।

१ हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने आचार्यले बताए । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ ।

यसवर्ष कोरोना भाइरसको संक्रमणको सर्तकर्ता अपनाउन देसभर निषेधाज्ञा भइरहेको र पर्याप्त मात्रामा पानी परिरहेकाले धान उत्पादन वढने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीको रहेको छ ।

जिल्लाभर रामधान, खुमल चार, खुमल ६, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको प्राबिधिक आचार्यको भनाई छ ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।जसमध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ । ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको थियो । तर पछिल्ला केहि यसवर्ष यता समयमै पानी गर्नु र धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ५ : ०९ बजे