२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

विजयनगरको दूधाधारी नमुना माविमा विज्ञान विषय सञ्चालन



विजयनगर ।
कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै शैक्षिक शत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन/अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ ।

विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेशन, आर्टस् र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेको प्रधानाध्यापक कोरीले बताउनुभयो ।

यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधाधारी नुमना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।

कपिलवस्तुकै सुदुरपश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगरको दूधाधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरु सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन् । विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ६ : ४१ बजे