८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

समिर शायरद्धारा रोटर्‍याक्ट कपिलवस्तुको पदभार ग्रहण



मायादेवी अनलाइन, चारनम्बर ।

रोटर्‍याक्ट क्लव अफ कपिलवस्तु मिड टाउन बर्ष २०२१ २२ का अध्यक्ष भीमलाल भट्टराई (समिर सायर) ले पदभार ग्रहण गर्नु भएको छ । शनिबार बाणगंगा १ पिस हिमालय रिसोर्टमा भएको चौथो पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममार्फत् भट्टराइले जिम्मेवारी लिनु भएको छ । बर्ष२०२० । २१ का अध्यक्ष बेदुराम पोख्रेलले भट्टराईलाई पदभार सुम्पनु भएको थियो । भट्टराईलाई रोटरी क्लव अफ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्रीले सपथ खुवाउनु भएको थियो भने अन्य पदाधिकारी र नयाँ ३ सदस्यलाई नवअध्यक्ष भट्टराईले सपथ खुवाउनु भएको थियो ।

यसैबीच पदभार ग्रहण गरेसंगै भट्टराइले बिभिन्न सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिने बताउनु भएको छ । वृक्षरोपण, रक्तदान, आर्थिक अवस्था कमजोर भएको विद्यालयमा पुस्तकालयको स्थापन, रोटर्याक्टरहरुबीच ब्याडमिन्ट अन्य खेलकुद, समितिका सदस्यको क्षमता वृद्धिको लागि उद्घोषण तालिम, गजल साँझ लगायतका कार्यक्रम गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले रोट्र्याक्टले समाजमा थुप्रै मानवीय तथा सामाजिक काम गरेको भन्दै क्लवको प्रसंसा गर्नुभयो । यस्ता क्लवमा युवाको आकर्षण उदाहरणीय रहेको भन्दै पन्थीले अब देश बनाउने जिम्मा युवाकै काँधमा रहेको बताउनु भयो ।

उहाँले करिब आधाघण्टा युवाहरुलाई उत्प्रेणात्मक मन्तव्य दिनु भएको थियो । क्लवका सचिव चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष बेदुराम पोख्रेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नोमिनी प्रसिडेण्ड अर्जुन बेलबासेको धन्यबाद मन्तव्य, पास्ट प्रेसिडेण्ट गणेश कार्कीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि डिआरआर इलेक्ट लक्ष्मण खरेल, रोटरीका अध्यक्ष माधव भाट क्षेत्री, डिआरआर इन्भाइ प्रकाश शर्मा, जोन सेक्रेटरी प्रदिप खनाल, रोट्रयाक्टका चार्टर प्रेसिडेण्ट माधव पौडेल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ७ : १८ बजे