२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

भोलि र पर्सी वाणगंगाका जेष्ठ नागरिकले कोरोना विरुद्धको दोस्रो डोज पाउँदै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका ६५ बर्ष माथिका जेष्ठ नागरिक तथा लक्षित वर्गका व्यक्तिहरुले कोरोनाको दोस्रो डोज पाउने भएका छन् ।

भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड अन्तरगत पहिलो डोज लगाएका जेष्ठ नागरिक र लक्षित समूहका व्यक्तिहरुले ५ महिना पछि दोस्रो डोज लगाउन थालेका हुन् ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट एकाएक फैलिएपछि भारतले पहिलो डोज खोप दिए पनि दोस्रो डोज रोकेको थियो । यद्यपि अहिले दोस्रो डोज बापतको मात्रा लगाउन थालिएको हो ।

वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्रबार भोलि र शनिबार पर्सी नगरबासीका जेष्ठ नागरिक र लक्षित समूहका व्यक्तिलाई दोस्रो डोज लगाइने छ ।

खोप प्रत्येक वडाका रहेका स्वास्थ्य चौकी, अस्पताल, आधारभूत स्वास्थ्य केन्द्रहरुमा पाउन सकिनेछ । पहिलो खोप लगाएको कार्ड र परिचय खुल्ने प्रमाणपत्र लिई खोपको दोस्रो डोज लगाउन पाएक पर्ने स्थानमा जान वाणगंगा नगरको स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८ बिहिबार ००:००  ७ : २४ बजे