२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अस्पतालका प्रमुखलाई कालोमोसो दले एमाले कार्यकर्ताले



दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा।विनोद सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका छन्।

एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३/४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए।
विज्ञापन

अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने बिषयमा बिबाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्ब्यबहार गरेको एसपी काफ्लेले बताए। परियारले अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले एकाएक कालोमोसो दलेको बताइएको छ। एसपी काफ्लेले घटनामा संलग्नहरुको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको र अभद्र ब्यबहारमा मुद्धा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए। टाइफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि विवाद सुरु भएको थियो।

प्रकाशित मिति : ११ भदौ २०७८ शुक्रबार ००:००  ६ : ३१ बजे