१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन



काठमाडौं

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।
अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १२ : ४० बजे