१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवलपरासीमा बाबुछोरा मृत फेला



नवलपरासी ।

नवलपरासी पश्चिममा घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका छन् । नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेका हुन् । घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिँडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १ : ५५ बजे