१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



गुल्मी ।

गाई चराउने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ५ : ३१ बजे