२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

डाक्टरलाई कालोमोसो दल्ने व्यक्तिले दिए भोक हड्तालको चेतावनी



दाङ ।

दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई गएको शुक्रवार कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँ फरार हुनुभएको थियो । परियारलाई प्रहरीले त्यस घटनाको मुख्य अभियुक्त मानेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  २ : ४३ बजे