४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

विद्यालय खोल्न बुद्धभूमि तात्यो, विद्यालय र समुदायमा विद्यार्थीको कोरोना जाँच गरिने



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लामो समयदेखि बन्द रहेका विद्यालय खोल्नको लागि सक्रियता देखाएको छ । देशका विभिन्न पालिकामा विद्यालय खुल्न लागेका समाचार आइरहँदा बुद्धभूमिले समुदायस्तरमै पुगेर विद्यार्थीको कोरोना जाँच गरेर विद्यालय खुलाउन लागेको हो । यसको लागि नगरले कोभिड १९ रोकथाम नियन्त्रण तथा विद्यालय संचालनको बिषयमा छलफल गरेको छ।

बुधवार १० वटै वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंमसेबिका, बिद्यालयका शिक्षकहरु तथा हेल्थपोष्ट इन्चार्जहरु लगाएतलाई भेला गरि विद्यालय खोल्ने बिषयमा छलफल गरिएको मेयर केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना फैलन नदिने अब के गर्ने ? नियन्त्रण र रोकथामको थप उपाय के ? विद्यालय संचालनको स्थिति र मिति विद्यार्थीको एन्टिजेन परीक्षणको विधि लगायतका विषयमा गहन छलफल भएको मेयर श्रेष्ठले मायादेवीलाई जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख खुबिराम खनालका अनुसार २६ गतेदेखि रुघाखोकि, ज्वरो ,टाउको दुखेका, कोभिडसंग मिल्दाजुल्दा लक्षण देखिएकाकोे पिसिआर परिक्षण गरिने तय भएको छ । पोजेटिभ देखिएका विद्यार्थी र नेगेटिभ देखिएका बिधार्थीको लागि छुट्टै खालको ब्यवस्था गरिने प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ६ : २५ बजे