१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगाका ११ सहकारी खारेजी प्रकृयामा, भदौ २९ गतेसम्मको अल्टिमेटम



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तरगत रहेर संचालित बिभिन्न ११ सहकारी संस्थाहरु खारेज हुने भएका छन् । सहकारीको मर्म र भावना विपरित चलेका, समयमै अधिवेशन र साधारण सभा नगरेका लगायतका कारण दुग्ध, बचत, कृषि र ऋण गरी ११ सहकारीलाई नगरले खारेजी प्रकृयामा लगेको हो ।

यसरी खारेज हुने प्रकृयामा वडा नम्बर ११ का फेवा कृषि सहकारी, आकस्मिक कृषि सहकारी, जनक कृषि सहकारी, सामुहिक कृषि सहकारी, त्रिसुल कृषि सहकारी, ओशो कृषि सहकारी, वडा नम्बर १ को सामुहिक कृषि सहकारी, वडा नम्बर १० का पटना महिला कृषि सहकारी र परोपकार उपभोक्ता सहकारी, वडा नम्बर ३ को सहिद स्मृति सहकारी, वडा नम्बर ९ को कोइली दुग्ध सहकारी र वडा नम्बर ४ को सिद्धार्थ मिलिजुली दुग्ध सहकारी संस्थाहरु रहेका नगरपालिकाको सूचनामा उल्लेख छ ।

यी सहकारीहरु खारेज नहुने प्रमाण भए भदौ २९ गतेभित्र आवश्यक निवेदनसहित नगरपालिकामा आउन पनि शेयर सदस्य र सरोकारवालालाई सूचित गरिएको छ । नगरको भदौ ८ गते बसेको नगरकार्यपालिकाको वैठकले सो निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।नगरपालिका सहकारीहरुलाई थप ब्यवस्थित गर्ने, मर्जर गर्ने लगायतका काम अगाडी बढेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ३ : ३० बजे