१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरसफाई र गोडमेलपछि कपिलधामस्थित ‘लायन्स पार्क’ भयो चिटिक्क



मायादेवी अनलाइन, चारनम्बर ।

सरसफाई र गोडमेल गरेपछि कपिलववस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ को कपिलधाममा रहेको लायन्स पार्क चिटिक्क परेको छ । लायन्स क्लव अफ कपिलवस्तुले गर्ने बिभिन्न मानवीय, सामाजिक र बातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत शनिबार भएको क्लिननेस कार्यक्रमले लायनस पार्क चिटिक्क परेको हो ।

धामको ध्यानकेन्द्र नजिकै करिब २ कट्ठा जग्गमा रहेको पार्कमा बर्षायाम सुरु भएसंगै दुबो झँँगिएको थियो भने बिभिन्न झार र घाँसले रोपेका बहुमुल्य विरुवा, फुलहरु पनि ढाकिएका थिए । विहानभर लायन्सका पदाधिकारीले घाँस काट्ने मेसिन, हँसिया, कोदालो लगायतले सरसफाई गरेपछि अहिले त्यहा सुन्दरता थपिएको छ ।

क्लवको ड्रिम प्रोजेक्ट अन्तर्गत बनाइएको सो पार्कलाई कपिलधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि अवलोकन गर्ने गरी सौन्दर्यीकरण गरिएको क्लवका अध्यक्ष धातानन्द भुसालले जानकारी दिनुभयो । पानीका बाबजुत पनि विहानभर लायनकर्मीहरुले २ घण्टा सरसफाई गरेका थिए । कार्यक्रममा जोन चेयर पर्सन सुरेन्द्र घिमिरे, पूर्व अध्यक्ष कुमार खड्का, लायन्सका पदाधिकारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ४ : ३६ बजे