१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुः यी हुन् ९ वटा पालिका हाक्ने कांग्रेसका नेता



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।

नेपाली काँग्रेस कपिलवस्तुको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका १० पालिका मध्ये ९ पालिकामा निर्वाचन सम्पन्न भएको छ । ९ पालिकामा भएको निर्वाचनमा १ पालिकामा सर्वसम्मत र ८ पालिकामा मतदान नै भएको थियो । महाराजंगज नगरपालिकामा सभापति पदमा राम अचल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

मतदान भएका अन्य पालिकाहरूमध्ये सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकामा खुर्सेद अहमद खां निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रतिस्पर्धी गोपीकृष्ण शर्माले ६५ मत प्राप्त गरे । त्यस्तै प्रशान्त कार्कीले ५६ मत प्राप्त गरे भने माया ज्ञवालीले ७ मत मात्र प्राप्त गरिन ।

त्यस्तै वाणगगा नगरपालिकाको सभापतिमा विष्णु थापा निर्वाचित भएका छन् । उनले १ सय २१ मत प्राप्त गरे उनका प्रतिस्पर्धी वीरेन्द्र श्रेष्ठले १ सय ५ मत प्राप्त गरे भने अर्का उम्मेदवार रविराज आचार्यले ४१ मत प्राप्त गरे ।

उता बुद्धभूमि नगरपालिकामा सभापतिमा माधव दमासे निर्वाचित भएका छन् । दमासेले १ सय ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सुशील कुमार चौधरीले ४० मत प्राप्त गरे । त्यस्तै शिवराज नगरपालिकाका मधुसूदन पोख्रेलले १ सय १८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजु खरालले ८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कृष्णनगर नगरपालिकामा देवानन्द शुक्ला निर्वाचित भएका छन् । शुक्लाले ९५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अजय उपाध्यायले ७९ मत प्राप्त गरे । गाउँपालिका मध्ये शुद्धोदन गाउँपालिका विश्वम्भर कुर्मी निर्वाचित भएका छन् । विश्वम्भर कुर्मीले ५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । भने उनका प्रतिस्पर्धी राम नयन यादवले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै मायादेवी गाउँपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित भएका छन् । दुवेले ७३ मत प्राप्त गरि निर्वाचित भए भने उनका प्रतिस्पर्धी तबारक मुसलमानले ५९ मत प्राप्त गरे । त्यस्तै विजयनगर गाउँपालिकामा जानकी प्रसाद यादव निर्वाचित भएका छन् ।

यादवले ५३ मत प्राप्त गरि विजयी भने उनका प्रतिस्पर्धी राजेश उपाध्यायले ५२ मत प्राप्त गरे । कपिलवस्तुको यशोधरा गाउँपालिकाको ७ नं वडामा विवाद भएको कारण सो पालिकाको निर्वाचन हुन नसकेको र छिटै निर्वाचन गरिने जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ३ : ३३ बजे