११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

नेकपा (एकीकृत समाजवादी) गुल्मीको सगंठन अभियान सुरु



गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गुल्मी जिल्लाको संगठन निर्माण अभियान सुरु भएको छ । अभियान अन्तर्गत इस्मा गाउपालिका २ मा रामलाल घिमिरे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको हो । वडा कमिटीको सचिवमा बिक्रम पान्डेय रहनुभएको छ । अध्यक्ष सचिव लगायत सदस्यको जिम्मेवारी प्राप्त गर्ने सवैलाई जिल्ला कमिटी अध्यक्ष श्रीराम महतले हार्दिक बधाइ सहित सुभकामना ब्यक्त गर्नुभएको छ । साथै उहाँले एकीकृत समाजवादी पाटीको अभियानमा गोलबन्द हुन जिल्लाबासी आमा, बुबा, दाजु, भाइ तथा दिदी बहिनी हरुमा हार्दिक अनुरोध समेत गर्नुभएको छ । नवगठित अध्यक्ष घिमिरेले अब छिट्टै टोल कमिटीहरु समेत गठन गर्ने बताउनुभयो ।

अहिले पनि नेकपा एमालेको किल्लाका रुपमा परिचय गराउने एमालेका ती सपना अब सपनामै सिमित हुने भन्दै घिमिरेले ईस्मा २ मा आफ्नो पाटी एकीकृत समाजवादीको वहुमत वनाएर जाने दावी गर्नुभयो । ईस्मा गाउपालिका पूर्व मन्त्री गोकर्ण विष्टको जन्मगाउँ समेत हो । एकीकृत समाजवादी पाटी गुल्मीले पहिलो सगंठन निर्माणको अभियान उनै विष्टका गाउँवाट गरेको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ३ : ५३ बजे