४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

ओलीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न नसके पछि विभाजन गर्न तर्फ लागे



काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको छ । यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ५ : ०४ बजे