५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

धानखोला क्षेत्रमा लेदो सहितको पहिरो निरन्तर खस्दा यात्रुलाई सास्ती



मायादेवी अनलाइन, चन्द्रौटा ।
२० किलोमिटर सडक पार गर्न कति समय लाग्ला, सहज जवाफ आउँछ बढिमा आधा घन्टा । तर, पूर्वपश्चिम महेन्द्र राजमार्ग स्थित कपिलवस्तुको चन्द्रौटा शिवपुर भालुवाङ्ग सडकमा बर्षातका बेला ठाउँठाउँमा पहिरो जाँदा वितेका केही बर्षदेखि यात्रुले २० किलोमिटर सडक पार गर्न घन्टौ कुर्नुपर्ने बाध्यता हटेको छैन् ।

बर्षासँगै यस सडकखण्डमा लेदो सहितको पहिरो निरन्तर आउँदा यात्रुले सास्ती पाएको अर्घाखाँचीका चालक अर्जुन बुढामगरको गुनासो छ ।
डिभिजन सडक कार्यालय शिवपुरले डोजरबाट दिउँसोको समयमा पहिरो पन्छाउने काम गरेपनि रातको समयमा भने माथिबाट ढुँगा खस्नुका साथै पहिरोको उच्च जोखिमले समस्या हुने गरेको जनाएको छ ।

लुम्विनी प्रदेशको राजधानी जाने चन्द्रौटा शिवपुर भालुबाङ्ग सडक वर्षौदेखि जिर्ण समेत बनेको छ भने कैयौ यात्रु दुर्घटनामा परेकाले बैकल्पिक सडकको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ६ : १९ बजे