४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कपिलवस्तुमा युवा संघ, अनेरास्ववियू र पिपुल भोलेन्टियर्सले आज संयुक्त कार्यक्रम गर्दै



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एस) निकट युवा संघ नेपाल, अनेरास्ववियू र पिपुल भोलेन्टियर्स कपिलवस्तुले आज संयुक्त कार्यक्रम गर्न लागेका छन् । जिल्लाको वाणगंगा नगरपालिका चारनम्बर ठाकुरपुरमा रहेको पिस हिमालय रिसोटमा यी तीन संगठनले जिल्ला कमिटी घोषणा कार्यक्रम गर्न लागेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्नका लागि युवा संघ नेपालका अध्यक्ष नरेश शाही, अनेरास्ववियूका उपाध्यक्ष माधव पन्त, नेकपा (एकीकृत समाजवादी) कपिलवस्तु अध्यक्ष लंका बहादुर हमाल लगायतका नेताहरु आउने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।

जिल्लाका अगुवा प्रतिनिधिमुलक कार्यकर्तालाई उपस्थित गराई तीन वटै संगठनको जिल्ला कमिटी घोषणाका लागि कार्यक्रम आयोजना गरिएको युवा संघ कपिलवस्तुका इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य विनोद भट्टराईले बताउनुभयो । उक्त कार्यक्रममा आगामी दिनमा युवा तथा विद्यार्थीले गर्ने कामहरुको बारेमा नेताहरुले जानकारी दिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रम विहान ११ बजे देखि सुरु हुनेछ । साथै कार्यक्रम पछि युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको पहिलो बैठक पनि बस्न लागेको युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सचिव चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ६ : ३१ बजे