४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लक्ष्मणघाट नजिकको कलभर्ट मुनि मोतिपुरका बेल्वासेको शव फेला



कपिलवस्तु ।
कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ बर्षीय छोरा माधव बेल्वासेको शव फेला परेको हो ।

कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कलभर्ट मुनि बेल्वासेको शव फेला परेको हो । कलभर्ट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।

शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पूर्व भारतीय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन् ।

उनका २ छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ९ : ५१ बजे