७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सांसदको प्रस्तावः १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरौं



काठमाडौं ।

सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ ।
सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।

सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् । ‘अब बिबाहको उमेर १८ मा झार्नुपर्छ’ सभापति पोखरेलले भने ।
सांसद मातृका यादवले भने लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन् । बैठकमा उनले भने ‘त्यो पनि अस्थायी विवाह हो नि । त्यो बिफोर म्यारिज हो । पछि परिवार मानेन भन्ने वहानामा तोडिन पुग्छ । यस्ता गतिविधि रोक्न लिभिन टुगेदरको पनि दर्ता गर्नपर्ने हुन्छ’ उनले भने ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  १ : ४९ बजे