१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मन्त्रिपरिषद् विस्तार गरी आजै मन्त्रीहरूको सपथः प्रचण्ड



काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्रिपरिषद सोमबार नै पूर्णता दिई मन्त्रीहरूलाई सपथ ग्रहण गराउने बताएका हुन्। ‘आज मन्त्रीहरूको सपथ ग्रहण गराउने नभए पनि आजै टुंग्याउने तयारी छ‚’ उनले भने‚ ‘त्यसैले मैले यहाँ धेरै बोल्न नभ्याउने छ। क्याबिनेटबारे निर्णय गर्नुछ।’

प्रचण्डले देशलाई समाजवादको आधार तयार गर्दै दशकौंसम्म कम्युनिष्ट पार्टीको सरकार बनाउने प्रयास भए पनि केपी ओलीको कारण असफल भएको आरोप लगाए।

‘ओली देशको राजनीतिक परिर्वतन र कम्युनिष्ट एकतालाई क्षतविक्षत पार्न लागिपरेका छन्’ उनले भने‚ ‘कम्युनिष्टहरू एक हुने भए भन्ने कुरालाई जनताले निर्वाचनबाट अनुमोदन समेत गरेका थिए।’ ओलीले प्रतिगमन गरेपछि संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा र सुदृढिकरण गर्नको लागि गठबन्धन बनेको दाबी गरे।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  १ : ५९ बजे