८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

डिभी आवेदन खुल्यो, यसरी भर्न सकिन्छ



काठमाडौं ।
२०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्ला भएको छ। बुधबार राति ९ः४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासले निःशुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।
त्यस्तै,वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८ बिहिबार ००:००  ११ : ०७ बजे