मोतीपुरमा आज रातिबाट कर्फ्यू हट्ने, निषेधाज्ञा यथावत


भैरहवा ।
जिल्ला प्रशासनन कार्यालय रुपन्देहीले मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू आज राति १२ बजेदेखी हटाउने जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजेदेखी लगाईएको कर्फ्यू रातीको १२ पछि हटाईने जनाएका छन् ।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतीपुर औद्योगिक कोरिडोर क्षेत्रमा जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखी सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रण भन्दा बाहिर जाने र सर्वसाधारणको शान्ती सुरक्षामा समेत जोखिम पर्ने देखिएकोले सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रजिअ तिवारीद्वारा जारी सूचनामा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ९क० को अधिकार प्रयोग गरि असोज २४ गते ४ बजे देखी लागु हुने गरि जारी गरिएको कर्फ्यू आदेश आज १२ देखी हटाईएको भनिएको छ ।

कर्फ्यू हटाए पनि भदौ २८ गते देखी नै कायम गरिएको निशेधााज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ । पूर्व तर्फ तिनाउ नदी ९ बुटवल उप महानगरपालिका वडा नम्बर १७ देखी वडा नम्बर १८ सौरहिया पुल सम्म , पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन बुटवल उप महानगरपालिका वडा नम्बर १७०, उत्तर शिवनगर रानी गञ्ज बस्ती ९ बुटवल उप महानगरपालिका वडा नम्बर १७० र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन ९ धन्दापुर सौरहिया सम्म० को क्षेत्रलाई चार किल्ला मानी निषेद्याज्ञा लगाईएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस