रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट आज साँझ एक पुरुष नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन ।
बेपत्ता भएका पुरुषको खोजीका लागि प्रहरी परिचालित भइसकेको छ । प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ । रासस










प्रतिक्रिया