११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

ब्रेन ट्यूमरबाट कसरी बच्ने ?



एजेन्सी ।
मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन् ।

तर स्वस्थ वातवरणमा बस्ने, विभिन्न प्रकारका रेडियसन,विकिरणहरुबाट जोगीने, मद्यपान, धुम्रपान नगर्नाले केही हदसम्म बच्न सकिन्छ । कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट (नशारोग विशेषज्ञ) को मा परीक्षण गराउनुपर्छ ।

एक अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ ।

उक्त अनुसन्धानमा बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाब दिएका छन् । अहिलेको शोधले पनि त्यसलाई पुष्टि गरेको छ ।

उक्त अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ । यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा काननजिकै ट्युमरको खतरा बढेर जान्छ ।

६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । उनले भनेका छन्, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन् । जसलाई राम्रो मानिँदैन । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ ।’

चिसो कपाल भएको अवस्थामा मोबाइलमा कुरा गर्नु हुँदैन ।

ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन् । बच्चामा हुने क्यान्सरको ब्रेन ट्युमर दोस्रो ठूलो कारण हो । तर, बच्चामा हुने ब्रेन ट्युमरको भने राम्रोसँग उपचार हुन्छ ।

धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ । यस्तो समस्या सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ । क्यान्सर पीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् । ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ । स्वास्थ्य पत्रपत्रिकाको सहयोगमा

प्रकाशित मिति : २८ आश्विन २०७८ बिहिबार ००:००  ७ : ४१ बजे