१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अध्यक्ष ओली : सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गरोस



काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तरको वर्षाका कारण पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

अध्यक्ष ओलीले बेमौसममा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भयो । शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उहाँले बाढी पहिरोको मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनु भयो ।

अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दाबी समेत गर्नु भयो । उहाँले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले निरन्तरको वर्षाका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिनु भयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  १ : ०८ बजे