१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुका सबै पालिकामा एमालेको वडा अधिवेशन सुरु




चेतन विष्ट, बाणगंगा ।
कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा नेकपा एमालेको वडा अधिवेशन सुरुभएको छ । ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको जिल्लाका सबै वडामा शनिवार बाट वडा अधिवेशन सुरु भएको नेकपा एमाले कपिलवस्तुले जानएको छ ।


सोही अनुसार बाणगंगाका ११ वटा वडामा पनि अधिवेशन सुरुभएको नेकपा एमले बाणगंगा नगर कमिटिले जनाएको छ ।
बाणगंगाको आजको वडा अधिवेशनले आउँदो ९ गते हुने नगर अधिवेशनको लागि प्रतिनिधि पनि चयन गर्ने छ । अधिवेशनको पार्टिका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्नुभएको छ ।


नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन सुरु भएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  १ : ३८ बजे