१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा शाही



थानेश्वर अधिकारी, वाणगंगा ।

सामाजिक क्षेत्रको अग्रहणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा आगामी २ बर्षका लागि सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । आज सम्पन्न संस्थाको २५औं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही सर्व सहमतीबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्ष शोभा आचार्य निर्वाचित भएका छन् भने कार्य समिति सदस्यहरुमा रोमकान्त घिमिरे, देवकला वि.क., सीता खनाल, चेतना अधिकारी, इन्दिरा भट्टराई र गोविन्द खनाल निर्वाचित भएका छन् ।

यसैगरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी, सिता पंगेनी, ईशा जि.सी र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिलाल शर्मा द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ ।

सो कार्यक्रममा सदस्य रुकैया खातुन, पुर्व अध्यक्ष टंक प्रसाद आचार्य, पोमनारायण पौडेल, संविधान सभा सदस्य बलराम अधिकारी, सागर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशन सम्पन्न गर्न संस्थापक तथा पूर्व अध्यक्ष सागर श्रेष्ठ, टंकप्रसाद आचार्य, पोमनारायण पौडेल, टिकाराम पौडेल र गुणनिधि भुसाल सहितको ५ सदस्यीतच निर्वाचन मण्डल गठन गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको हो।

२०५२ सालमा स्थापना भएको यो संस्थाले अहिले बिभिन्न विकास साझेदार संस्थाहरुको समन्वयमा अहिले लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ११ बजे