१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

७५ प्रतिशतसम्मको अनुदानमा बाणगंगाले बाँड्न थाल्यो ‘च्याउको विउ’



मायादेवी अनलाइन, वाणगंगा ।
७५ प्रतिशतसम्म अनुदान दिने गरी कपिलवस्तुको बाणगंगा नगरपालिकाले च्याउको विउ वितरण सुरु गरेको छ । नगरपालिकालाई तरकारी तथा फलफुलमा आत्मनिर्भर गराउने योजनामा अघि बढेको नगरले प्रथम चौमासिक अन्र्तरगतको विउ वितरण सुरु गरेको हो ।

यो वितरण गर्ने कार्यक्रम आज र भोलि पनि चल्ने छ । नगरले कार्यलयबाटै च्याउको वितरण गरिरहेको कृषि शाखा प्रमुख लेस बहादुर केसीले जानकारी दिनुभयो । च्याउ वितरणको सुरु गर्दै नगरप्रमुख मंगल प्रसाद थारुले च्याउ खेती गरेर आत्मनिर्भर बन्न किसानलाई आग्रह गर्नुभयो ।

उहाँले बाणगंगाका कृषकहरुको च्याउ नै स्थानीय बजारमा जानु पर्ने बताउनु भयो । आफु पनि कृषकको छोरो र कृषिको विद्यार्थी भएकाले नगरको ध्यान कृषकहरुमै केन्द्रीत हुने उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाले किसानहरुले खेतिपातीको लगानी सुरक्षित गर्न कृषि विमा गनुपर्ने बताउनु भयो । शाखा प्रमुख केसीले पहिलो दिन २२ वटा कृषि समूह तथा कृषकहरुले ७ हजार पोका च्याउको विउ लगेको जानकारी भयो । विउ वितरणमा कृषि प्रविधिक पदम घिमिरे लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : ११ बजे