३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

घोराई नालाले बगाएर मृत्यु भएका परिवारलाई मेयर श्रेष्ठको राहत



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा घोराई नालाले बगाएर मृत्यु भएका २ महिलाका आश्रित परिवारलाई नगर प्रमुख केशव कुमार श्रेष्ठले राहत दिनु भएको छ ।

वडा नम्बर १० ढडीहवा स्थित घोराई नाला तर्ने क्रममा मृत्यु भएका परिवारलाई नगरपालिकाको तर्फबाट मेयर श्रेष्ठले आइतबार दशदश हजारका दरले राहत रकम प्रदान गर्नु भएको हो ।

रकम हस्तान्तरण गर्न मृतक परिवारको घरमै पुग्नु भएका श्रेष्ठले घटनाप्रति दुख ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समबेदना समेत प्रकट गर्नुभएको थियो ।

मेयर श्रेष्ठले मृतक परिवारलाई अन्य सहयोगका लागि पनि आफुले पहल गर्ने बताउनु भयो । नगरपालिकाले थोरै भए पनि राहत रकम प्रदान गरेकोमा मृतकका परिवारले खुसी जनाए ।

गत कार्तिक ३ गते नाला तर्ने क्रममा २५ बर्षिया सिता थारु र १२ बर्षिया सूजना थारुलाई घोलले बगाएको थियो । सिताको साँझ र सूजनाको ३ दिन पछि शव फेला परेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ९ : १० बजे