१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेस कपिलवस्तुको सभापतिमा कलाम विजयी, अरु क-कसले बाजी मारे ? (मतसहित)



मायादेवी अनलाइन, चारनम्बर ।


नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो ।

कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित हुनुभएका राजेश आचार्यले ८१९ मत ल्याउनु भएको हो । यस्तै दुई उपसभापतिपदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ । जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ । विस्तृत जानकारी यसरी हेर्नुहोस्

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ६ : १५ बजे