२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

नन्दनगरमा आजबाट महायज्ञ सुरु, पर्सी राष्ट्रपति आउने भएपछि स्थानीय दङ्ग




मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा आजदेखि २७ औं ज्ञानमहायज्ञ सुरु भएको छ जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ महायज्ञ सुरु भएको हो । खास उद्घाटन कार्यक्रम पर्सी हुने भए पनि आजबाट कलस यात्रा गरी अनुष्ठानका कामहरु हुने जनाइएको छ ।
विगतका बर्षहरुमाभन्दा फरक ढंगले सम्पन्न गर्नको लागि यज्ञ स्थल अहिले चिटिक्क पारिएको छ । यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार पर्सी विहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमहायज्ञ समुद्घाटन गर्नु हुने छ । हेलिकप्टरमार्फत् उहाँ आउने भएपछि नन्दनगर र बाणगंगाबासी नै खुसी भएका छन् । राष्ट्रपति भण्डारीलाई आफ्नौ भूमिमा स्वागत गर्न आफूहरु आतुर रहेको उनीहरुले मायादेवी रेडियोलाई बताए । मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत)ले कथा बाचन गर्नु हुने कार्यक्रम छ । यस्तैहरेक दिन सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।
पशुपतिनाथमा दैनिक देखिने सन्ध्या आरती अब ९ दिनसम्म कैलश आश्रममा देख्न सकिने बताइएको छ ।धर्म संस्कृतिको संरक्षणका साथै १० बर्ष अगाडिबाट सञ्चालन हुँदै आएको यस क्षेत्रकै सबैभन्दा धेरै आवसीय बटुकहरु रहेको मनकामना संस्कृत गुरुकुलको स्तर उन्नति गरी कक्षा ११ र १२ सञ्चालनार्थ महायज्ञ सफल हुने ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले मायादेवी अनलाइनलार्ई जानकारी दिनुभयो । नन्दनगरलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी आफुहरु अगाडि बढेको स्वामी लोकानन्द महाराजले बताउनु भयो ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १० : ३८ बजे