११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

लुम्बिनी प्रदेश महामन्त्रीमा आचार्यको उम्मेदवारी



कपिलवस्तु ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश महामन्त्रीको पदमा सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । तौलिहवामा आयोजित कार्यक्रममा आचार्यले आसन्न प्रदेश महामन्त्रीमा आफुले उम्मेदवारी दिने जानकारी गराएका हुन् ।

२ पटक सम्म कपिलवस्तु जिल्लाको सभापतिको जिम्मेवार समेत आचार्यले समातिसेका छन् । उनी पूर्व सिचाइ राज्य मन्त्री समेत हुन् । १२ वटा जिल्लाका पार्टीका कार्यकर्ताहरूलाई सहयोग तथा एक जुट बनाइ पार्टीलाई एकताबद्ध बनाइ काम गर्नको लागी आफ्नो उम्मेदवारी दिने बताए ।

प्रदेशका सबै जिल्लामा पुगेर सङ्गठन निर्माण गर्न तथा आसन्न तिन वटै तहको निर्वाचनमा प्रदेशमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन आफुले महामन्त्री बन्न लागेको बताए ।

कपिलवस्तुमा पार्टी सभापति हुँदा विभिन्न जिल्ला तथा केन्द्रमा हुने आन्दोलनमा अग्र पङ्क्तिमा काम गर्दै आचार्यले अव समग्र प्रदेशको विकास र पार्टीलाई क्रियाशील बनाउने बताए ।

जिल्ला सभापति हुँदा कपिलवस्तुमा पार्टी कार्यालय निर्माण, स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई विजयी बनाउने तथा जिल्ला समन्वय समितिमा सबै काँग्रेसका उम्मेदवारलाई निर्वाचित बनाउन आचार्यले सफल भएका थिए ।

प्रदेशमा रहेका १२ वटै जिल्लामा घुम्दा कार्यकर्ताहरूले सङ्गठनमा बसेर काम गर्न आग्रह गरेको कारण आफुले उम्मेदवारी दिन लागेको समेत आचार्यले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ७ : ५४ बजे