४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाल्पाका सबै पालिकामा माओवादी केन्द्रको नेतृत्व चयन



तानसेन ।
नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका १० स्थानीय तहमा नेतृत्व चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना, सचिवमा नवराज बस्याल र सहसचिवमा गोकुल पौडेल रहेका छन् । तिनाउ गाउँपालिकाको अध्यक्षमा, राजेश श्रेष्ठ, उपाध्यक्षमा, दिनेश जिसी, पम्फा थापा र रेवन्त छहरी, सचिवमा गणेश रास्कोटी, सहसचिवमा छवि गहतराज र कोषाध्यक्षमा विक्रम राना निर्वाचित भए ।

निस्दी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद खत्री, उपाध्यक्षमा नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी, सचिवमा भुपिन सुनारी सहसचिवमा नवीन आले र कोषाध्यक्षमा वेद खण्डलुक चयन भए। माथागडी गाउँपालिकाको अध्यक्षमा हरि चौहान, उपाध्यक्षमा मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल, सचिवमा राजेश नेपाली, सहसचिवमा चिन्तबहादुर बराल र कोषाध्यक्षमा कमला जिसी निर्वाचित भए ।

रम्भा गाउँपालिकाको अध्यक्षमा हिमाल अर्याल उपाध्यक्षमा धनबहादुर सिञ्जापति, सचिवमा विजय केसी, कोषाध्यक्षमा पदम नेपाली, निर्वाचित भए । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा तुलराम गरम्जा, उपाध्यक्षमा कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली, कविता खनाल, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्ष बाबुराम सुनार, र सहसचिव तिलक थापा निर्वाचित भएको नेकपा माओवादी केन्द्र पाल्पाले जनाएको छ ।

बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद भुसाल, उपाध्यक्षमा कौशल न्यौपाने, जीतेन्द्र गाहा, सचिवमा दीपेन्द्र ढकाल, कोषाध्यक्ष लोककुमारी बस्याल चयन भएका छन् । रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर कार्की, उपाध्यक्षमा मिरा राना, हरि कुँवर र विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सहसचिवमा नवराज ज्ञवाली र कोषाध्यक्षमा विधान कार्की निर्वाचित भएका छन् ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा लीला सोमै, उपाध्यक्षमा तेजेन्द्र सिञ्जाली, कृष्ण खनाल र चन्द्र बर्मेली, सचिवमा अमृत कामु, सहसचिवमा हरि बाह्रघरे र कोषाध्यक्षमा धातानन्द भट्टराई चयन भएका छन् । रामपुर नगरपालिकाको अध्यक्षमा यमबहादुर सुनार, उपाध्यक्षमा वीरबहादुर कुमाल, पदम अधिकारी र लक्ष्मी ढकाल, सचिवमा पिताम्बर भट्टराई, सहसचिवमा जयलाल विक र कोषाध्यक्षमा श्याम भट्टराई चयन भएका छन् ।

माओवादी केन्द्रको नयाँ विधान अनुसार स्थानीय तहमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ५५ सदस्यीयसम्म पालिका कमिटी निर्माणको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  ४ : ५० बजे