५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रकृति र संस्कृतिको संरक्षण बिना विकास असम्भवः राष्ट्रपति भण्डारी




हरि अधिकारी, कपिलवस्तु ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रमद्धारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै पछिल्लो क्रममा चुरे पर्वतको विनाश भईरहेको प्रति चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्दै विकासलाई जोड दिनुपर्ने बताउनुभयो ।

हेलिकप्टर मार्फत आएकी राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्धार, अष्ट चिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना पनि गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्न र बचाउन आग्रह गर्दै राज्यले तोकेका स्वाथ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।
कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो । राष्ट्रपति आउने भए पछि हिजो देखिनै सुरक्षा व्यबस्था कडा पारिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ४ : ०० बजे