१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद, पाँच जनालाई १२ वर्ष जेल



दाङ ।

दाङ-देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी बिक्की सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि वलीको हत्या गरेको अभियोग लागेको थियो । त्यही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

बिक्कीले यस अघि पनि गोली प्रहार गरि एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरि हत्या गरे पनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ६ : ३७ बजे