१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको सहायक सिडिओमा अनिल पौडेल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अनिल पौडेल आउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पौडेल सहायक सिडिओको रुपमा आउनुभएको हो । हालसम्म कार्यरत गशेणबहादुर नेपाली सरुवा भई रौतहट गएपछि अर्घाखाँची घर हुनुभएका पौडेल कपिलवस्तु आउनुभएको हो ।

पौडेल यसभन्दा अगाडी बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । एक बर्ष बढी बुद्धभूमिमा रहेर काम गर्नुभएका उहाँ सहायक सिडिओको रुपमा कपिलवस्तु नै आउनुभएको हो ।

पौडेलले अख्तियार, स्थानीय तह लगायतका सरकारी कार्यलयमा काम गरेको अनुभव छ । गएको शुक्रबारबाट कपिलवस्तु प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम थालेको उहाँले मायादेवी अनलाइनलाई बताउनुभयो ।

प्रशासनिक काममा अब्बल देखिदै आउनुभएका पौडेल जिल्ला प्रशासनमा आएपछि नागरिकले सहज रुपमा सेवा पाउने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८ आइतबार ००:००  ६ : ५२ बजे