मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पुरानो सहकारीको रुपमा चिनिएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २३ औँ साधारण सभा सम्पन्न भएको छ । सहकारीको कार्यालय बुद्ध रंगशालामा शनिबार प्रतिनिधि शेयर धनीकाबीचमा साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता र सहकारी संघ लुम्बिनी प्रदेशका लेखा समिति संयोजक तेज प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा बिभिन्न प्रतिवेदन पेश भएका छन् ।
अध्यक्ष शाहीले अध्यक्षको प्रतिवेदन राख्दै सहकारीको प्रगति राम्रो भएको सुनाउनु भयो । उहाँले २०५५ सालमा सहकारी स्थापना हुँदा निकै चुनौति रहे पनि अहिले नगरका अरु सहकारीभन्दा राम्रो गतिमा अगाडी बढेको बताउनु भयो ।
संस्थाकी सचिव तथा कार्यक्रम संचालक देवकला सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उद्धेश्य, कार्यक्षेत्र, सहकारी सञ्जाल, संस्थाले पाएका सम्मन, कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
कोषाध्यक्ष प्रकाश घिमिरेले आयब्यय विवरण प्रस्तुत गर्दै अहिलेसम्म भएका आर्थिक लगानीका क्षेत्र तथा कार्यक्रमबारे पनि जानकारी गराउनु भएको थियो । सिद्धार्थ सहकारी रेडियो कार्यक्रम, मिडिया कभरेज, सदस्यको पारिवारिक योजना निर्माण, युवा तथा ब्यवसायिक विकास प्रवर्धनात्मक लगायतका कार्यक्रम जिल्लाका कुनै सहकारीले गर्न नसकेका अनुकरणीय कार्यक्रम भएको उहाँले बताउनु भयो । लेखा समिति संयोजक कविराज भुसालले संस्थाको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सहकारीले गरेको काम अनुकरणीय रहेको भन्दै प्रसंसा गरेका छन् । प्रमुख अतिथि सहकारी संघ लुम्बिनी प्रदेशका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले सिद्धाथको वित्तीत्य अनुशासन राम्रो रहेको बताउनु भयो ।
उहाँले अब सहकारी चल्ने संस्कृति फरक खालको हुनुपर्ने बताउनु भयो । केवल बचत गर्ने र ऋण लिने काम गर्न नहुने भन्दै सहकारीलाई अब उत्पादनसंग जोड्नु पर्ने उहाँको भनाई छ । ऋण पनि कृषि र उद्यममा दिनुपर्ने भन्दै उत्पादनसंग नजोडिने सहकारीकोे भविष्य पनि नभएको आचार्यले बताउनु भयो ।
मुलुकभर सहकारी मर्जर प्रकृया अघि बढेकाले मन मिल्नेसंग एकिकरण गरी अगाडी बढ्न आग्रह गर्दै उहाँले शेयर धनीले अब एउटै सहकारी रोज्नु पर्नेमा ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रदेश सहकारी संघले गरेका कार्यक्रमबारे पनि जानकारी दिनुभएको थियो । उपाध्यक्ष इन्दिरा भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा ब्यवस्थापक हरिलाल भुसाल, पदाधिकारी, शेयर सदस्य, पत्रकार लगायतको सहभागिता थियो ।
यसैबीच सहकारीले नयाँ कार्यसमिति पनि चयन गरेको छ । २३ औँ साधारण सभाले इन्दिरा भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा अम्बिका थापा, कोषध्यक्षमा लिला सिंह, सहसचिव विमला चौधरी र गोमा उपाध्याय सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै इसा जिसी, धनमाया गैरे, जमुना थारु, पार्वती सुनार, माया थारु सदस्यमा यचयन हुँदा लेखा समिति संयोजकमा देवकला सुवेदी कमाल, सदस्यमा तुलसा बञ्जाडे र हरि अधिकारी चयन हुनुभएको ब्यवस्थापक हरिलाल भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया