७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अनेरास्ववियू सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको संयोजकमा लम्साल



मायादेवी अनलाइन, बुटवल ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले रुपन्देहीको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

सुरेन्द्र लम्साल संयोजक र आनन्द भुसाल सह-संयोजक रहेको २१ सदस्यिय क्याम्पस सम्मेलन आयोजक कमिटीले केही दिन पछि बृहत क्याम्पस सम्मेलन गर्ने छ ।

मंगलबार भएको प्रथम भेलाबाट लम्सालको संयोजकत्वमा क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको अनेरास्ववियूका लुम्बिनी प्रदेश कमिटी सह सचिव उत्तम पोख्रेलले जानकारी दिनुभयो ।

भेलामा अनेरास्ववियूका स्थायी कमिटी सदस्य प्रकाश कँडेल, प्रदेश कमिटी सह-सचिव पोख्रेल लगायतले बोल्दै अनेरास्ववियूलाई क्याम्पसमा पहिलो नम्बरको संगठन बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  १ : ०५ बजे