४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कार दुर्घटनामा बाणगंगाका अनुराग पाण्डेको मृत्यु



मायादेवी अनलाइन, चारनम्वर ।

पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको छ । कारमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् ।

कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुख थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससंग ठोक्कर खान पुगेको थियो । कारमा सवार घाइते अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ । उनीहरु दुवै जनाको अहिले बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना मंगलबार राति १० बजेको आसपासमा भएको थियो । चारनम्बरबाट गोरुसिंगे जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  ११ : २५ बजे