४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले उप–महासचिव गुरुङ भन्छन्ः ‘प्रेस चौतारी नेपाल’ नेपालकै अब्बल संगठन



भैरहवा ।
प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उप महासचिव पृथ्वी शुब्बा गुरुङले प्रेस चौतारी नेपाल नेपालकै अब्बल संगठन भएको बताउनुभयो ।

गण्डकी प्रदेश पुर्ब मुख्य मन्त्री तथा प्रेस चौतारी नेपालका इन्चार्ज समेत रहेका पृथ्वी शुब्बा गुरुङले नेकपा एमालेका २२ वटा जन संगठन मधे अब्बल संगठनको रुपमा प्रेस चौतारि नेपालीलाई स्थापित गर्नु पर्ने बताउनुभयो ।

समृद्ध नेपाल निर्माणका लागि सबल, श्रमजिबि पत्रकार प्रेस स्वतन्त्रता, ब्यबसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको लुम्बिनीमा प्रेस चौतारिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै पृथ्वी शुब्बा गुरुङले दक्षिणपन्थी र अबसरबादलाइ पराजित नगरि पार्टी एकताबद्ध भएर अंगाडि बढ्न सक्दैन भन्ने १० औं महाधिवेशनको म्यान्डेट भएको बताउनुभयो ।

पार्टी जिबन्त भएर अंगाडि बढ्नका लागि देशको हित गर्नु पर्ने बताउंदै एमाले रास्ट्रिय स्वाधिनता र रक्षाका लागि लडिरहेको पार्टी भएको बताउनुभयो । माओबादि चिन र भारतसंग मिलेर अस्थिर भएको बताउनुहुंदै गुरुङले नेपाली कांग्रेस भारतिय डिजाइनमा निर्मित पार्टी भएको हुनाले रास्ट्रिय स्वाधीनताको पक्षमा नरहेको बताउनुभयो ।

एमाले बालबालिका देखी वृद्धहरुको रक्षाका लागि लागेर जनमुखि काम गर्ने एकमात्र पार्टी भएको तर्क गर्दै गुरुङले कांग्रेस बुर्जुवाको पार्टी र माओबादि लूटेराहरुको पार्टी भएको हुंदा देशभक्त पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

परिबर्तनलाई संस्थान गरि उत्पादनमा अंघि बढेको पार्टी भएको हुंदा समृद्ध नेपाल सुखी नेपालीको अबधारणामा अंघि बढेको गुरुङको तर्क छ । पार्टीले गरेका सकारात्मक काम जनतामा लैजाने प्रेस चौतारी भएको हुंदा प्रेस चौतारी सबल र अब्बल भएको संगठन भएको गुरुङले बताउनुभयो ।
नेकपा एमालेका स्थायि कमिटी सदस्य जनसंगठन बिभाग प्रमुख भानुभक्त ढकालले केन्द्रिय कमिटीको बैठकको पुर्ण सफलताको शुभकामना दिंदै पार्टीको १० औं महाधिवेशनले फागुन मसान्त भित्र सबै जनबर्गिय संगठनको अधिबेशन तथा महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन दिएको बताउनुभयो ।

बैशाख देखि मंसिर सम्म ३ तहकै चुनाव हुनेछन् । नेकपा एमालेलाइ एक्लै बहुमत पुर्याउन एमाले लागेको छ ढकालले भन्नुभयो, पार्टी अध्यक्ष पार्टी प्रवेश कार्यक्रममा हिनिरहनु भएको छ । महाधिवेशन पछि हामि वडा र नगर अधिबेशन एकै पटक गर्न सफल भयौं ।

एमालेले महाधिवेशन नगरेको भए अरुले पनि कोरोनाको बाहाना बनाएर गर्दैनथे होला एमालेले महाधिवेशन गरेका कारण अरुले पनि लतारिएर महाधिवेशन गरेको ढकालको तर्क छ ।

नेकपा एमालेका पोलिट ब्यूरो सदस्य सुर्य थापाले हिंजोको हार जित एउटा खण्ड थियो अब योजनाका साथ अंगाडि बन्न आग्रह गर्नुभयो ।

तपाईंहरु शसक्त भएर बढ्नुहोस, महाधिवेशन केन्दित महाधिबेशनको तयारि गर्नुहोस । १ लाख बर्श देखि अध्ययन गर्न सकिने लुम्बिनी हो । थापाले भन्नुभयो, विद्वानहरुको भुमि लुम्बिनी हो यहां उभिएर सन्चार क्षेत्रका साथिहरुले अग्रगतिमा अंघि बढ्नुहोस ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा एमाले रास्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनीबाट प्रेस चौतारीको बैठकले सकारात्मक सन्देश प्रबाह गर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमालेका प्रचार बिभाग उप प्रमुख बिष्णु रिजालले प्रेस चौतारीले पार्टीका गतिविधिहरुलाई सकारात्मक प्रबाह गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले बैठक का मोडालिटि नयां ढंगका भएको बताउनुभयो । पार्टीको १० औं महाधिवेशनको निर्देशन बमोजिम प्रेस चौतारीको बैठक बसेको बस्नेतले बताउनुभयो ।
पार्टीका २२ वटा जन संगठन भन्दा सवै कुरामा प्रेस चौतारी नेपाल अब्बल हुनुपर्छ भन्ने इन्चार्जको भनाइलाई पालना गरेर अंघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ८ : ३७ बजे