२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

बाल बिबाह न्यूनिकरणमा पत्रकारको भूमिका विषयक तालिम वाणगंगामा सुरु



मायादेवी अनलाइन, जितपुर ।
बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका विषयक तालिम सुरु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा बुधबारबाट सुरु भएको तालिम २ दिनसम्म चल्ने छ ।

तालिमको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले अशिक्षा, बेरोजगारी र गरिबीका कारणले बाल विवाह न्यूनिकरण हुन नसकेको बताउनुभयो । राज्यलेनै गर्भपतनलाई कानुनी मान्यता दिएको र वाणगंगाबाट १५ देखि २० वर्षसम्मका किशोरीले गर्भपतन गराएको जानकारी दिनुभयो ।

३ तहका सरकारको कानुन एक आपसमा बाझिएको र एउटालाई प्रयोग गर्दा अर्को निषेध गर्नुपर्ने अवस्थाका कारण पनि समस्या भएको बताउनुभयो । शिक्षालाई विशेष जोड दिदै चेतना अभिबृद्धी गरेमा बालविवाह रोक्न सकिने विश्वास ब्यक्त गर्नुभयो । प्रदेशमै बालबिबाह हुने जिल्लामा दोस्रो स्थानमा रहेको कपिलवस्तुमा बालबिबबाह न्यूनिकरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, संचारीका समुहका केन्द्रीय सदस्य बसन्ता बास्तोलाले बोल्दै बाल विवाह न्यूनिकरणका लागि अब पत्रकारको कलम शशक्त ढङगले चल्नुपर्ने बताउनुभयो ।

कार्यक्रम संचारिका समुहका केन्द्रिय उपााध्यक्ष कमला पन्थीको अध्यक्षता र लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेको संचालनमा सम्पन्न भएको हो । २ दिन सम्म चल्ने तालिममा अधिवक्ता इन्दु तुलाधरले बालविबाह, यसका असर, कानुनी प्रावधान लगाएतका विषयमा प्रशिक्षण दिनुहुने छ । संचारिका समुहको आयोजना रहेको तालिममा जिल्लाका क्रियासिल पत्रकारको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ७ : ११ बजे