२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एमाले कपिलवस्तुको अध्यक्षमा नेत्रराज अधिकारीको उम्मेद्वारी रहने



मायादेवी अनलाइन, वाणगंगा ।
आसन्त पुस २३ गते हुन गैरहेको नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जादा पार्टीका जिल्ला नेता नेत्रराज अधिकारीले अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने भएको छ ।

मायादेवी अनलाइनसंगको कुराकानीमा अधिकारीले जिल्ला अध्यक्षमा आफु लड्ने बताउनुभयो । आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेको भन्दै आफु यो पालि अध्यक्षमा उठ्ने नेता अधिकारीले प्रष्याउनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेता अधिकारी एमाले कपिलवस्तुका वरिष्ठ नेता हुनुहुन्छ । लामो समय जिल्ला सचिवालय सदस्य भएर काम गर्नुभएका उहाँ ०५४ सालमा साविक शिवपुर गाविसको अध्यक्ष हुनुभएको थियो ।

०६४ सालको तत्कालिन क्षेत्र नं. ४ बाट संविधानसभा सदस्यमा उठ्नुभएका उहाँ ०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि एमालेबाट उम्मेद्वार बन्नुभएको थियो । ०७० मा उहाँ झिनो मतान्तरले सभासदमा पराजित हुनुभएको थियो ।

लामो समय देखि एमाले कपिलवस्तुको निर्वाचन हुन् सकेको छैन् । हालका अध्यक्ष झविलाल पोख्रेलले जिल्लाको नेतृत्व सम्हालेको ९ बर्ष पुगेको छ । ०७४ साल अगाडी एमाले कपिलवस्तुको निर्वाचन मिति तोकिएको थियो । यद्यपि स्थानीय तहको चुनावको कारण उक्त मितिमा एमालेले जिल्ला सम्मेलन गर्न सकेन् । केन्द्र र प्रदेशको निर्वाचन ताका बामपन्थी गठबन्धन हुनु र यो गठबन्धन पार्टी एकता गर्नेसम्मको यात्रामा हुँदा एमाले कपिलवस्तुको सम्मेलन हुन नसकेको हो ।

उति बेला पनि नेता अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिदैं चुनावी प्रचार थाल्नुभएको थियो । पछि शिवराजको मेयरमा विजयी भएपछि उहाँ पार्टी काम संगै जनताको काममा खटिदै आउनुभएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  १० : ३५ बजे