२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तु जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा गुरुदेव पौडेल



कपिलवस्तु ।

सन् २०२२ का लागि कपिलवस्तु जेसीजको अध्यक्षमा गुरुदेव पौडेल सर्वसम्मत चयन भएका छन् । कपिलवस्तु जेसीजको २२ औं शाखा अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा पौडेल सर्वसम्मत भएका हुन् ।

कपिलवस्तुको मायादेवी रेडियोमा स्थापनको समयमा स्टेशन म्यानेजरसँगै पत्रकारितामा क्रियाशील कपिलवस्तु जेसीजका अध्यक्षमा चयन भएका पौडेल नेपाल प्रेस युनियन कपिलवस्तुका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका कपिलवस्तु शाखाका सदस्य समेत हुन् ।

निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार कार्यकारिणी उपाध्यक्षमा अमृत घिमिरे, मदन पौडेल, त्यस्तै उपाध्यक्षहरुमा सुनील पाण्डे, शान्ति क्षेत्री, शंकर कार्की, मिन बहादुर थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सुशील पौडेल कपिलवस्तु जेसीजको कानुनी सल्लाहकार भएका छन् भने महासचिवमा चन्द्रकान्त पोख्रेल, कोषाध्यक्षमा कमल घिमिरे रहेका छन् ।

कपिलवस्तु जेसीजको अध्यक्षमा चयन भएपछि पौडेलले कपिलवस्तु जेसीजलाई सबैको भावना समेटेर साझा र उत्कृष्ट जेसीज बनाउने प्रतिबद्धता जनाएका छन् । जेसीजको पद हस्तान्तरण भने एक कार्यक्रमका बीच आपसी सहमतिमा मिति तय गरिने बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ६ : ०७ बजे