६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पदभार ग्रहण गर्दै प्याब्सन कपिलवस्तु अध्यक्ष पाण्डेले भने ‘सबैलाई समेट्छु’



मायादेवी अनलाइन चारनम्बर ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेसहितको टिमले पदभार ग्रहण गरेको छ । पौष ३ गते सम्पन्न ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोमा शुक्रबार पदभार ग्रहण कार्यक्रम गरिएको थियो । पिस हिमालय रिसार्टमा निवर्तमान अध्यक्ष शिव गैरेले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पदभार सुम्पनु भएको थियो । निर्वाचित समितिलाई निर्वाचन मण्डलका अधिकृत हुमनाथ पाण्डेले सपथग्रहण गराउनु भएको थियो ।

पदभार ग्रहण गर्दै पाण्डेले अब सबैलाई समेटेर अगाडी बढ्ने बताउनु भयो । बाहिर हल्लाको रुपमा सबैलई समेट्न नसकिएको जस्तो देखिए पनि त्यस्तो असन्तुष्टि नरहेको प्रष्ट पार्दै भन्नुभयो ‘मेरो नेतृत्वमा लाग्छ धेरै जना खुसी हुनुहुन्छ । केही ब्यक्ति बेखुसी होलान् उनलाई खुसी पार्न सकिदैन । यहाँ राम्रो काम गरे पनि कतिलाई रुच्दैन । हामी राम्रो हुने गरी काम गर्दछौँ ।’

उहाँले आफ्नो कार्याकलमा संस्थाको भवन बनाउनेदेखि गुणस्तरीय माध्यमिक शिक्षा र त्यसपछिको शिक्षाको लागि विद्यार्थीहरु बुटवल र काठमाण्डौँ धाउन नपर्ने गरी गरी काम गर्ने कुराहरु उठान गर्नुभयो । समाजलाई रुपान्तरण गर्न प्याब्सन अगाडि बढेको बताउनु भएका उहाँले आउने चुनौतीहरुको सामाना गर्दै शिक्षा क्षेत्रलाई परिवर्तन गरेरै छाड्ने दृढता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यक पर्ने भन्दै त्यसमा नीजि क्षेत्रको अहम् भुमिका रहेको बताउनु भयो । उहाँल कपिलवस्तु जिल्ला आझै पनि शैक्षिक क्षेत्रमा पछाडी परेको भन्दै जिल्लालाई शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक र हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो । नेपालले अझै पनि शिक्षा क्षेत्रमा फड्को मार्न नसकेको बताउदै सरकारले जति शिक्षा निति परिवर्तन गर्नुपर्ने हो त्यसो हुन भने नसकेको उहाँको भनाई छ ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समाज रुपान्तरणमा योगदान पुयाउने शिक्षा अहिलेको आवश्यकता रहेको बताउनु भयो । गुणस्तरीय शिक्षाको खोजीमा अझै पनि जिल्ला बाहिर गएर अध्ययन गरिरहेको अवस्था रहेको बताउदै यसलाई रोक्न जिल्लामै गुणस्तरीय शिक्षा अघि बढाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा उहाँको जोड छ ।

प्याब्सनका केन्द्रिय सदस्य सरोज खनालले राज्यले नीजि विद्यालयमाथि विभेदकारी नीति थोपेरेको बताउनु भयो । सामुदायिक विद्यालयले अनावश्यक शुल्क लिएर बोर्डिङको रुपमा चलाउनु राम्रो नरहेको उहाँले बताउनु भयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्थ, नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पछाई, प्याब्सन पुर्व अध्यक्ष डिल्लिराज भट्राई, अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेल लगायले भनाई राखेका थिए ।

कार्यक्रममा शिक्षा अधिकृत खिमबाहादुर जिसि, स्थानिय पाठ्यक्रम संयोजक डम्मर शर्मा, प्याब्सनका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्था बुद्धिजिविहरुको उपस्थिति रहेको थियो भने प्याब्सनका पुर्व अध्यक्ष्यहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष शिव प्रसाद गैरेको अध्यक्षयता र प्रदेश सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईकोको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ६ : ४९ बजे